Ad imageAd image
लोड हुँदैछ...

प्रचण्डको आरोप-  जेनजी आन्दोलनको प्रतिवेदन सरकारले लुकायो

bardiyatimes

 सिन्धुपाल्चोक । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सरकारले लुकाएको आरोप लगाएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘सरकारमा रहेका जिम्मेवार व्यक्तिहरूले नै छानबिन प्रतिवेदन लुकाएर घटनाको वास्तविकता बाहिर आउन दिएका छैनन्,’ प्रचण्डले भने ।

जेनजी आन्दोलनमा सहभागी युवाहरूको भावना र उद्देश्यलाई अलग ढंगले बुझ्नुपर्ने बताउँदै उनले जेनजी पुस्ताले उठाएका माग र आन्दोलनलाई बदनाम गर्नेगरी घुसपैठ भएको पनि बताए ।

‘भदौ २३ को घटनाको पनि निष्पक्ष छानबिन जरुरी छ,’ उनले भने, ‘यस्तै, भदौ २४ गते भएको विध्वंसात्मक घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्छ ।’

उनले आन्दोलनका क्रममा भएका घटना, आगजनी, तोडफोड तथा अन्य विध्वंसका पछाडि को–को संलग्न थिए भन्ने विषय स्पष्ट हुनुपर्ने बताए । त्यसका लागि छानबिनबाट प्राप्त तथ्य र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with