Ad imageAd image
लोड हुँदैछ...

सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी मनाइँदै (फोटो फिचर)

bardiyatimes

केशब गुरुङ

काठमाडौँ।आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी। हिन्दु नारीहरूले अरुन्धतीसहित सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गरी यो पर्व मनाउँदै छन्।

मङ्गलबार हिन्दु धर्मावलम्बी नारीहरू नजिकका नदी, खोला, ताल, तलैया तथा पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो एवं खरानी लगाएर स्नान गर्ने प्रचलन छ।

तिज पर्वमा महिला र पुरुष दुवैले पूजा गर्ने भए पनि ऋषि पञ्चमीमा महिलाले मात्र स्नान तथा पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। यस दिन नारीहरूले आफ्नो सौभाग्यका प्रतीक सिन्दूर, पोते, चुरा तथा धागो सप्तऋषिलाई चढाउने गर्छन्।

पूजा–आराधना सम्पन्न भएपछि कर्कलोलगायत अन्य कन्दमूलको तरकारी बनाएर खाने प्रचलन छ। कर्कलोमा आइरनलगायतका पोषक तत्त्व पाइन्छन्, जुन शरीरका लागि आवश्यक मानिन्छ।गोरखापत्र अनलाइन

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with