Ad imageAd image
लोड हुँदैछ...

रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित

bardiyatimes

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ। उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो। अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पछि सारिएको थियो। तर सेप्टेम्बर दोस्रो साता पनि सभापति लामिछानेको भ्रमण नहुने भएको छ।

स्रोतका अनुसार अब सांसदहरुको टोली मात्र चीन जाने भएको छ। भारत भ्रमणपछि सभापति लामिछानेले चीन भ्रमण गर्ने तय भएको थियो। सरकारी स्रोतका अनुसार लामिछानेले अर्को उपयुक्त मितिमा चीन भ्रमण गर्नेछन्। तर त्यसको मिति हाल तय छैन। रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिटै भारत जानेछन्। उच्च तहमा उनको भेटवार्ता हुने भनिएको छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with