Ad imageAd image
लोड हुँदैछ...

चिनियाँ विदेशमन्त्री वाङ यीसँग विद्या भण्डारीको वार्ता

bardiyatimes

काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेकी छन् । चारदिने चीन भ्रमणमा रहेकी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दुई देशको आपसी हित र द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको थियो । भ्रमण प्रतिनिधिमण्डलका एक सदस्यका अनुसार उनीहरु दुवैजनाबीच एक्लाएक्लै भेटघाट भएको थिए । 

एमालेको वरिष्ठ नेतामा मनोनयन भएपछि उनी पहिलो पटक चीन भ्रमणमा गएकी थिइन । उनको चीन भ्रमणलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा महत्वको साथ हेरिएको छ । नेपालको वाम राजनीतिक क्षेत्रमा झन् चासो राखिएको छ । 

ती सदस्यका अनुसार भेटवार्तामा नेपाल–चीन सम्बन्ध र आपसी हितका विषयमा करिब १ घण्टा छलफल भएको थियो । साथै नेपालको राजनीतिक परिस्थिति र पछिल्लो अवस्थाबारे पनि छलफल भएको स्रोतको दाबी छ । भेटवार्तामा उठेका विषय, छलफलको विस्तृत विवरण तथा त्यसबाट निस्किएका निष्कर्षबारे भने प्रतिनिधिमण्डलका सदस्यले थप खुलाएका छैनन्।

राष्ट्रपति पदबाट अवकाश पाएपछि सक्रिय दलीय राजनीतिमा फर्किएकी भण्डारीको चीन भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको र एमालेका नेताहरूमा समेत छलफलको विषय बनिरहेको बेला  एमालेको वरिष्ठ नेताको वाङयीसँग भेटवार्ताले अझ चासो बढाएको छ । उनको यो भ्रमणलाई नेपाल-चीन सम्बन्धसँगै एमालेभित्रको बदलिँदो राजनीतिक समीकरणको सन्दर्भमा समेत अर्थपूर्ण रूपमा हेरिएको बेला वामराजनीतिमा मात्र होइन अन्य दलहरूले पनि कूटनीतिक र राजनीतिक ढङ्गले चासोका साथ हेरिरहेका छन्  ।

भ्रमणमा तत्कालीन राष्ट्रपति भण्डारीको सञ्चार सचिव सोम राईका साथै डा. कैलास भण्डारी र स्वस्तिका विष्ट पौडेल पनि सहभागी थिए । सोमबार स्वदेश फर्किँदा अन्तर्राष्ट्रिय विमानस्थलमा एमाले सचिव छविलाल विश्वकर्मा, केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारी, केन्द्रीय सदस्यहरू कर्ण थापा, बाबुराम अधिकारी, नेताहरु कृष्ण राई, नविना लामालगायतले भण्डारीलाई स्वागत गरेका थिए ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with