Ad imageAd image
लोड हुँदैछ...

हरमितले एनपिएलमा जनकपुर बोल्ट्सको कप्तानी गर्ने

bardiyatimes

काठमाडौं – अमेरिकी अलराउन्डर हरमित सिंहले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण 
जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्।

जनकपुर बोल्ट्सले शनिबार आफ्नो समाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्धन गरेको घोषणा गरेको छ । 

बोल्ट्सले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाडी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ । देव्रेहाते स्पिन अलराउन्डर हरमितले पहिलो दुई सिजन सुदुरपश्चिम रोयल्सबाट खेलेका थिए।‌

पहिलो सिजनको च्याम्पियन बोल्ट्सले हरमितलाई भित्राउन पाउँदा निकै उत्साहित रहेको जनाएको छ । 

अनिल साहको कप्तानीमा बोल्ट्सले पहिलो सिजनको उपाधि जितेको थियो । दोस्रो सिजनमा अनिलसँगैं दक्षिण अफ्रिकाका वायन पार्नेल र नामिबियाका जान निकोल लफ्टी इटनले जनकपुरको कप्तानी गरेका थिए । 

हरमितले एनपिएलको पहिलो सिजनमा ८ विकेट लिनुका साथै ५ खेलमा २८ रन बनाएका थिए । दोस्रो सिजनमा उनले १६६ माथिको स्ट्राइक रेटमा ९ खेलमा १ सय ३३ रन बनाएका थिए भने ६.१८ को इकोनोमीमा १२ विकेट लिएका थिए ।

हरमितले अमेरिकाबाट २९ ओडिआईमा ३९ विकेट र २९ टि‌ ट्वान्टी आईमा ३१ विकेट लिएका छन् । 

‘हरेक सफल टोलीको आधार केवल उत्कृष्ट खेलाडीमात्र होइन, सशक्त नेतृत्व पनि हो । नयाँ सिजनसँगैं जनकपुर बोल्ट्सले नयाँ उर्जा, नयाँ सोच र नयाँ संकल्पका साथ अगाडि बढ्ने तयारी गरिरहेको छ । यही यात्राको नेतृत्व गर्ने जिम्मेवारी हामीले हरमित सिंहलाई सुम्पिएका छौं, बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरोज खतिवडाले भनेका छन् ।

‘हरमितले आफ्नो उत्कृष्ट अलराउन्ड प्रदर्शनसँगैं मैदान भित्र र बाहिर देखाएको अनुशासन, परिपक्वता र टोली प्रतिको प्रतिबद्धताले उनलाई यो भूमिकाका लागि स्वभाविक छनोट बनाएको हो । उनी जनकपुर बोल्ट्सले आत्मसात गरेको संघर्ष, एकता र कहिल्यै हार नमान्ने भावनाको सशक्त प्रतिनिधित्व गर्छन’ बोल्ट्सका सिइओ खतिवडाले भने।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with