Ad imageAd image
लोड हुँदैछ...

लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चार जना घाइते, दुई जनाको अवस्था गम्भीर

bardiyatimes

ललितपुर । महालक्ष्मी नगरपालिका-८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

ईभी हाइस अनियन्त्रित भई घरको गेटमा ठोक्किएपछि गेटछेउमा पार्किङ गरी राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किँदा दुर्घटना भएको हो । कारमा सामान्य क्षति पुगेको छ ।

घाइते हुनेहरूमा हाइसका चालक ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुका २६ वर्षीय अखिल राजथला, ललितपुरको महालक्ष्मी नगरपालिका-७ चागाथलीका २५ वर्षीय आशिष महर्जन,। मकवानपुर घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-६ सानागाउँ बस्ने १८ वर्षीया एलिसा लामा र ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुका २६ वर्षीय राज महर्जन रहेका छन् ।

हाइसमा चार जना मात्र सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with