Ad imageAd image
लोड हुँदैछ...

यस्तो छ आज देशभरको मौसम, यी प्रदेशमा वर्षा हुँदै

bardiyatimes

काठमाडौं। देशका विभिन्न भागमा शनिबार बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, विगत एक घण्टामा सिन्धुपाल्चोकको दुवाचौर मौसम मापन केन्द्रमा सबैभन्दा धेरै १९‍.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रहरू र आसपासका भूभागमा थप वर्षा हुने सम्भावना रहेको छ ।

वर्षा जारी रहेका क्षेत्रहरूमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभागले आवश्यक सावधानी अपनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with