Ad imageAd image
लोड हुँदैछ...

भोटेकोशी बाढीमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

bardiyatimes
बाढीले क्षति पुर्‍ययाएको नुवाकोटको त्रिशूली बजार त्रिशूली (नुवाकोट),१३ भदौः रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीले क्षतिग्रस्त भएको नुवाकोटको त्रिशूली बजार। नदीमा आएको बाढीले बस्तीका संरचनामा ठूलो क्षति पुर्‍याएपछि बजार क्षेत्र बगरमा परिणत भएको छ। तस्बिरः प्रदीपराज वन्त/रासस

चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ ।

भरतपुर महानगर १ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ ।

शवहरूको डिएनए नमूना सुरक्षित राख्दै जंगलमा व्यवस्थापन गरिएको उनले बताए । सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन् । डिएनए परीक्षण बेपत्ता भएकाको परिवारसँग मिलेमा राखिएको ठाउँबाट दिन मिल्ने गरी संकेत चिह्न राखेर शव व्यवस्थापन गरिएको छ ।

यस्तै, हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ अन्य (अवशेष) रहेका छन् । नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रुपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with