Ad imageAd image
लोड हुँदैछ...

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज यी भागमा वर्षा हुने

bardiyatimes

काठमाडौं । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा लुम्बिनी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी हिमाली पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने छ । बाँकी हिमाली भूभाग तथा देशको पहाडी भूभागमा आंशिक बादल लाग्ने छ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with