Ad imageAd image
लोड हुँदैछ...

कोशी र बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

bardiyatimes

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज (सोमबार) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीका रूपमा उनले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो ।

The current image has no alternative text. The file name is: Hikmat-karki.gif

विश्वासको मतका लागि आवश्यक पत्र प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा हाल ९२ सांसद कायम छन् ।

सत्ता समीकरणमा रहेका नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ गरी ५७ सांसद छन् । यस्तै, नेपाली कांग्रेसका २९, राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित ५ र जनता समाजवादी पार्टी नेपालका १ सांसद छन् ।

कांग्रेसले भदौ ३ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभामा आज विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको आठौँ अधिवेशनको १८औँ बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त थापामगरले सोमबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्य कायम रहेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with