Ad imageAd image
लोड हुँदैछ...

रिबाकिना अमेरिकी ओपन च्याम्पियन

bardiyatimes

न्यूयोर्क। एलिना रिबाकिनाले आइतबार एरिना साबालेन्कालाई तीन सेटमा ६–४, ५–७, ६–२ ले हराएर वर्षको अन्तिम ग्रान्डस्लाम अमेरिकी ओपनको महिला एकल उपाधि जित्नुभएको छ ।

अमेरिकी ओपन जितेपछि रिबाकिनाले ५५ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नुभयो । साबालेन्काले २८ लाख अमेरकी डलरमा चित्त बुझाउनुभयो ।

रिबाकिनाको यो पहलो अमेरिकी ओपन उपाधि हो । यद्यपि उहाँको यो तेस्रो ग्रान्डस्लाम उपाधि हो । यसै वर्ष साबालेन्कालाई फाइनलमा निराश बनाएर रिबाकिनाले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन जित्नुभएको थियो । 

रुसमा जन्मे पनि काजखस्तानको प्रतिनिधत्व गर्दै खेल्ने रिबाकिनाले आफ्नो पहिलो ग्रान्डस्लम सन् २०२२ मा विम्बल्डनमा हात पार्नुभएको थियो । अब रिबाकिनालाई क्यारियर ग्रान्डस्लाम पूरा गर्न क्लेकोर्टमा खेलिने फ्रेञ्च ओपन जित्नमात्र बाँकी छ । एपी

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with