काठमाडौं । प्रधानमन्त्रीका रूपमा वालेन्द्र शाह बालेन ले जिम्मेवारी सम्हालेको पाँच महिना पूरा हुँदै गर्दा उनको सुरुवाती राजनीतिक चमक कमजोर बन्दै गएको भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेको छ।पुराना राजनीतिक दल र नेताप्रतिको असन्तुष्टिलाई आफ्नो पक्षमा पार्दै प्रधानमन्त्री बनेका बालेनले छोटो समयमै ठूलो जनसमर्थन पाएका थिए।
तर सरकार सञ्चालनमा देखिएका विवाद, पार्टीसँगको दूरी, संसद्मा कम उपस्थिति र विभिन्न निर्णयमा देखिएको अन्योलका कारण उनको नेतृत्वमाथि प्रश्न उठ्न थालेको विश्लेषणमा भनिएको छ।सरकार सञ्चालनमा देखिएका विवाद, पार्टीसँगको दूरी, संसद्मा कम उपस्थिति र विभिन्न निर्णयमा देखिएको अन्योलका कारण उनको नेतृत्वमाथि प्रश्न उठ्न थालेको विश्लेषणमा भनिएको छ।इन्डिया टुडेका आनन्द सिंहले तयार पारेको रिपोर्टमा बालेन प्रधानमन्त्री बनेपछि एकपछि अर्को विवादमा तानिएको उल्लेख छ। भारतबाट ल्याइने सामानमा भन्सार कडाइ गर्ने निर्णयदेखि नेपाल–भारत सीमा विवादसम्मका विषयले उनको सरकारलाई अप्ठ्यारोमा पारेको रिपोर्टमा उल्लेख छ।सीमा विवादका विषयमा बालेनले दिएको अभिव्यक्तिपछि नेपालमा समेत आलोचना भएको थियो। त्यसपछि उनको विदेश नीति र कूटनीतिक शैलीलाई लिएर प्रश्न उठेका थिए। भारतसँग उच्चस्तरीय भेटवार्ताबाट दूरी राख्दै आएका बालेनले पछि भारतीय र चिनियाँ राजदूतसँग भेट गरे।
यसलाई उनको प्रारम्भिक अडानमा आएको परिवर्तनका रूपमा विश्लेषण गरिएको छ।यसबीच रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र त्यहाँ भएको उच्चस्तरीय भेटघाटले पनि राजनीतिक वृत्तमा चर्चा पायो। लामिछाने र भारतीय नेतृत्वबीचको भेटका बेला बालेन स्वयं भने भारतसँगको सम्बन्धमा केही फरक शैली अपनाइरहेका थिए।बालेनको आफ्नै पार्टीसँगको सम्बन्ध पनि विश्लेषणको अर्को विषय बनेको छ। रास्वपाका बैठकमा उनको न्यून सहभागिता र पार्टी नेतृत्वसँगको दूरीले प्रधानमन्त्री र पार्टीबीचको सम्बन्धलाई लिएर प्रश्न उठेको रिपोर्टमा उल्लेख छ।बालेनको आफ्नै पार्टीसँगको सम्बन्ध पनि विश्लेषणको अर्को विषय बनेको छ। रास्वपाका बैठकमा उनको न्यून सहभागिता र पार्टी नेतृत्वसँगको दूरीले प्रधानमन्त्री र पार्टीबीचको सम्बन्धलाई लिएर प्रश्न उठेको रिपोर्टमा उल्लेख छ।संसद्मा पनि बालेनको उपस्थिति कमजोर देखिएको विश्लेषणमा भनिएको छ। प्रधानमन्त्री बनेपछि संसद्का धेरै बैठकमा अनुपस्थित भएपछि विपक्षी सांसदहरूले उनको आलोचना गरेका थिए।
अन्ततः सभामुखले प्रश्नोत्तरका लागि सदनमा उपस्थित हुन निर्देशन दिनुपर्ने अवस्था आएको रिपोर्टमा उल्लेख छ।सरकार सञ्चालनका क्रममा सडकमा देखिएको असन्तुष्टिलाई पनि बालेनको नेतृत्वका लागि चुनौतीका रूपमा प्रस्तुत गरिएको छ। काठमाडौं महानगरसँगको विवादपछि राइड सेयर चालक गणेश नेपालीको आत्मदाह र त्यसपछि उत्पन्न विरोधले सरकारमाथि दबाब बढाएको रिपोर्टमा उल्लेख छ।त्यस्तै, पुनर्वासको उचित व्यवस्था नगरी अव्यवस्थित बस्ती हटाउन खोजिएको भन्दै भएका प्रदर्शनले पनि सरकारको आलोचना बढाएको बताइएको छ। सुरुमा बालेनलाई समर्थन गर्ने युवामाझ समेत असन्तुष्टिका स्वर सुनिन थालेको विश्लेषणमा उल्लेख छ।सुरुमा बालेनलाई समर्थन गर्ने युवामाझ समेत असन्तुष्टिका स्वर सुनिन थालेको छ।दक्षिणी जिल्लामा भएको साम्प्रदायिक झडपमा मानवीय क्षति भएपछि बालेनले प्रधानमन्त्रीका रूपमा पहिलो ठूलो सार्वजनिक सम्बोधन गर्दै शान्ति र राष्ट्रिय एकताको अपिल गर्नुपरेको थियो।
यस घटनाले पनि उनको सरकारसामु थप चुनौती खडा गरेको रिपोर्टमा उल्लेख गरिएको छ।विश्लेषणले बालेनको राजनीतिक यात्रामा एउटा महत्वपूर्ण विरोधाभास देखाएको छ। मेयर हुँदा संस्थापनविरोधी र आक्रामक शैलीबाट लोकप्रिय बनेका उनले प्रधानमन्त्रीका रूपमा भने फरक प्रकारको राजनीतिक क्षमता देखाउनुपर्ने अवस्था आएको छ।संसद्, पार्टी, प्रशासन र अन्तर्राष्ट्रिय सम्बन्धमा समन्वय गर्दै अघि बढ्नुपर्ने प्रधानमन्त्रीको भूमिकामा निरन्तर टकरावको शैली प्रभावकारी नहुन सक्ने विश्लेषण गरिएको छ।रिपोर्टका अनुसार बालेनलाई प्रधानमन्त्री बनाउने मुख्य आधार नै पुराना राजनीतिक शक्तिप्रतिको जनअसन्तुष्टि थियो। तर सरकार सञ्चालनको पाँच महिनामै त्यही जनसमर्थनमाथि प्रश्न उठ्न थालेको देखिन्छ। विभिन्न सञ्चारमाध्यमको सहयोगमा




