Ad imageAd image
लोड हुँदैछ...

बालेनलाई मनीष झाको जवाफ : कोही एक्लो छैन

bardiyatimes

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सरकार एक्लै नभएको जवाफ फर्काएका छन्।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा रास्वपाकै सांसदहरुले सरकारमाथि प्रश्न गरेपछि मध्यरातमा प्रधानमन्त्री शाहले आफू एक्लै भएको संकेत गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।

प्रधानमन्त्री शाहलाई फेसबुकमै जवाफ दिँदै झाले लेखेका छन्, ‘ परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन । हामी सबै साथमा छौँ । हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन् ।’

उनले संसदमा अवसर खेर नजाओस भनेर सचेत गराइएको प्रधानमन्त्री शाहलाई स्मरण गराएका छन् । र, यो काम निरन्तर हुने उनको भनाइ छ । ‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ’, उनले थप लेखेका छन्, ‘जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु । यहाँ कोही एक्लो छैन ।’

शुक्रवार राति प्रधानमन्त्री शाहले सही समय आउनलाई समय लाग्ने उल्लेख गर्दै ‘कहिलेकाँही एक्लै लड्नुपर्छ । यो पहिलोचोटि होइन’ लेखेका थिए । जसले रास्वपामा बालेन विरुद्ध घेराबन्दी भएको सुरु भएको आशङ्का उब्जाएको छ । पछिल्लो समय रास्वपा भित्रबाट सांसदहरूको सरकारको कार्यशैलीप्रति  सन्तुष्ट नरहेको प्रस्ट देखाएको छ ।दृष्टि

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with