Ad imageAd image
लोड हुँदैछ...

बाढीमा फसेका झन्डै २ हजार जनाको हेलिकप्टरबाट उद्धार

bardiyatimes

काठमाडौं।  रसुवाको बाढीमा परेका झन्डै २ हजार जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गएराति सार्वजनिक गरेको विवरण अनुसार बिहीबारसम्म १ हजार ९७६ जनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

उद्धारका लागि नेपाली सेनाको ६ वटा र ९ वटा निजी गरी १५ वटा हेलिकप्टर प्रयोग गरिएको प्राधिकरणले जनाएको छ। हिजो दिनभरजसो रसुवाको विभिन्न क्षेत्रबाट बाढीमा फसेका र उद्धार कुरेर बसिरहेकाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको थियो।

उद्धारका लागि १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भएको पनि प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना परिचालन गरिएको छ।

प्राधिकरणका अनुसार बिहीबार रातिसम्म ३८९ जनाको शव फेला परेको छ। जसमध्ये धादिङमा ३३ जना, नुवाकोटमा २८ जना, रसुवामा १७ जना, गोरखामा ३२, नवलपरासी पूर्वमा ८७ जना नवलपरासी पश्चिममा २७ जना, तनहुँमा २८ जना र चितवनमा १३७ जनाको शव भेटिएको हो।

हालसम्म ९७७ जना सम्पर्कविहीन भएको पनि प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीका २८ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरीका १३ जना, अध्यागमन कार्यालयका ४ जना, रसुवाका १६१ जना, नुवाकोटाका १ जना, मकवानपुरका ६६ जना, मकवानपुरका ६६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले ५१७ जना विदेशी नागरिक पनि सम्पर्कमा नरहेको जनाएको छ। नेपाल घुम्न आएका १२७ जना विदेशी नागरिक पनि सम्पर्कविहीन छन्। बाढीमा परी हालसम्म ७३ जना घाइते रहेको प्राधिकरणले जनाएको छ। जसमध्ये रसुवामा ४३ जना, धादिङमा ३ जना र नुवाकोटमा २७ जना घाइते छन्।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with