Ad imageAd image
लोड हुँदैछ...

बाढीबाट हालसम्म १५७ जनाको मृत्यु, कहाँ कति भेटिए शव?

bardiyatimes
बाढीले प्रभावित देवीघाट बजार आसपासको क्षेत्र नुवाकोट, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं ५ देवीघाट बजार आसपासको प्रभावित क्षेत्र । तस्बिरः रामहरि न्यौपाने/रासस

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, छ जना बालिका, सात बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन ।

प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा छ महिला र सात पुरुष, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा छ जना (पहिचान नखुलेको)को शव भेटिएको छ । गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठ जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ । त्यसैगरी, तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एक जनाको शव भेटिएको छ ।

यस्तै, नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक र पहिचान नखुलेका चार जनाको शव भेटिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with