काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेको छ । योसँगै पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
वर्षासँगैको बाढीपहिरोको जोखिमका कारण रातभर पृथ्वीराजमार्ग बन्द गरिएको थियो । आज बिहान पाँच बजेदेखि राजमार्गमा गाडी सन्चालन गर्ने भनिए पनि पहिरो खसेपछि राजमार्ग बन्छ बनेको छ ।
पहिरो पन्छाउने काम सुरु भए पनि वर्षाका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । गत भदौ १४ गते कृष्णभिर क्षेत्रको सडक भासिएपछि डाइभर्सन बनाएर यातायात सन्चालन गरिएको थियो ।




