Ad imageAd image
लोड हुँदैछ...

दशैंको टिकाको दिन कस्तो छ देशभरको मौसम ?

bardiyatimes

काठमाडौं । आज दशैंको मुख्य दिन देशका केही स्थानमा आज वर्षाको सम्भावना छ भने केही भूभागमा हिमपात पनि हुनेछ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली भूभाग तथा कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार राति कोसी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with