Ad imageAd image
लोड हुँदैछ...

जनकपुर फर्किए जिम्मी निसम

bardiyatimes

काठमाडौं  । न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम जनकपुर बोल्ट्समा फर्किएका छन् । 

जनकपुरले मंगलबार सामाजिक सञ्जालमार्फत नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि निसमलाई अनुबन्ध गरेको जानकारी दिएको हो । 

निसमले पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । पहिलो सिजनमा २४७ रन बनाएका निसमले सात विकेट पनि लिएका थिए । 

जनकपुरबाट टेस्ट खेलाडीको कोटामा खेलेका उनी समर्थकमाझ निकै लोकप्रिय छबि बनाएका थिए । 

दोस्रो सिजनमा जनकपुरसँग टेस्ट खेलाडीको कोटा नहुँदा निसम पोखरा एभेन्जर्स पुगेका थिए । चार खेलमात्र खेलेका उनले एक अर्धशतकसहित ९९ रन बनाउनुका साथै पाँच विकेट लिएका थिए ।

निसमले यसपटक टेस्ट कोटामै जनकपुरबाट खेल्ने छन् । उनले न्युजिल्यान्डबाट १२ टेस्ट, ७६ एकदिवसीय अन्तर्राष्ट्रिय र १०५ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । फेब्रुअरीमा उनले न्युजिल्यान्डबाट भारतविरुद्ध टी–२० विश्वकप फाइनल खेलेका थिए । 

उनले विश्वभरका फ्रेन्चाइज लिग खेल्दै आएका छन् । निसमले दिल्ली डेरडेभिल्स, पञ्जाब किंग्स, मुम्बई इन्डियन्स, राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग खेलेका छन् । 

निसमसँग लंका प्रिमियर लिग, भाइटालिस्ट ब्लास्ट, बंगलादेश प्रिमियर लिग, यूएईको आइएल टी–२०, पाकिस्तान सुपर लिग, साउथ अफ्रिका टी–२०, द हन्ड्रेड, बिग बास लिग, क्यारेबियन प्रिमियर लिगको पनि अनुभव छ ।

दुई वर्षअगाडि जनकपुरबाट एनपीएल जित्नु निसमको फ्रेन्चाइज क्रिकेटमा पहिलो उपाधि थियो ।

निसम जनकपुर भित्रिने दोस्रो विदेशी खेलाडी हुन् । टोलीले यसअघि नै अमेरिकाका हरमित सिंहसँग सम्झौता गरिसकेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with