Ad imageAd image
लोड हुँदैछ...

अवरुद्ध मुग्लिङ–काठमाडौँ सडक सञ्चालनमा

bardiyatimes

काठमाडौँ,भोटेकोशी बाढीका कारण अवरुद्ध मुग्लिङ–काठमाडौँ सडकखण्ड शनिबार बिहानदेखि सञ्चालनमा आएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार गत बुधबार भोटेकोशी नदीमा आएको बाढीपछि अवरुद्ध उक्त सडकखण्डमा आज बिहान ६ बजेदेखि सवारीसाधनलाई गन्तव्यतर्फ जान दिइएको हो।

बाढी तथा पहिरोका कारण जोखिम बढेपछि विभिन्न स्थानमा सवारीसाधन रोकिएका थिए। सडकको अवस्था र जोखिम मूल्याङ्कनपछि बिहान ६ बजेदेखि रोकिएका सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाउन थालिएको प्रहरीले जनाएको छ।

मुग्लिङ–काठमाडौँ सडकखण्ड सञ्चालनमा आएपछि लामो समयदेखि बाटोमै रोकिएका यात्रुलाई सहज भएको छ। यसअघि बाढीपहिरोको जोखिमका कारण नागढुङ्गा–मुग्लिङ सडकखण्डमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाइएको थियो।गोप अनलाइन

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with