Ad imageAd image
लोड हुँदैछ...

पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हल्का वर्षा हुने

bardiyatimes

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल, लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने छ । देशका पहाडी भूभागमा आंशिक बादल लाग्ने छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

देशको हिमाली भूभागका थोरै स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

आज राति देशको हिमाली भूभागमा साधरणतया बादल र पहाडी भूभागमा आंशिक बादल लाग्ने छ । तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा तथा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with