Ad imageAd image
लोड हुँदैछ...

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने

bardiyatimes

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैंमा सर्वसाधारणलाई टीका तथा जमरा नगाउने भएका छन् । शाहले यस वर्षको बडादसैंमा टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको निर्मल निवासस्थित संवाद सचिवालयले जनाएको छ ।

संवाद सचिवालयले जारी गरेको सूचनाअनुसार गत भदौमा हिमपहिरोबाट आएको बाढी र असोजमा परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको तथा हजारौँ मानिस विस्थापित भएको अवस्थालाई ध्यानमा राख्दै पूर्वराजा शाहले यस वर्षको दसैँ सादगीपूर्वक मनाउने निर्णय गरेका हुन् ।

यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको सचिवालयले जनाएको छ । 

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with