काठमाडौं । अविरल वर्षाले काठमाडौं उपत्याका जोड्ने पृथ्वी राजमार्गसहित विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका ५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूलीले सडक कटान गर्दा सो खण्डमा यातायात अवरुद्ध भएको छ ।
यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका २ राक्सेस्थित कालीगण्डकी करिडोरमा पहिरो खसेपछि यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ३ टाकुर्चेस्थित कान्तिलोकपथ पनि पहिरोका कारण अवरुद्ध भएको छ ।




