Ad imageAd image
लोड हुँदैछ...

च्याउ टिप्न जाँदा बाघको आक्रमण, एक जनाको मृत्यु

bardiyatimes

कैलाली । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका ६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार बिहान करिब ५ बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए । च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । उनीसँगै गएका अन्य दुई जनाले भागेर ज्यान जोगाएका थिए ।

बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीले जानकारी दिए ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with