Ad imageAd image
लोड हुँदैछ...

वर्षाले खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा, नेपाल बाहिरियो

bardiyatimes

काठमाडौं । जापानमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएको छ । 

लगातारको वर्षापछि जापानको निसिन सहरस्थित कोरोगी खेलकुद पार्कमा हुने यो खेल रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने श्रीलङ्का वरीयतामा नेपालभन्दा माथि रहेका कारण सेमिफाइनलमा पुगेको छ । अब श्रीलङ्काले फाइनल प्रवेशका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि सोमबार हुनुपर्ने दुवै क्वाटरफाइनलका खेल वर्षाले रद्द भएपछि भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने अफगानिस्तान र हङकङ बाहिरिएका थिए ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with