Ad imageAd image
लोड हुँदैछ...

त्रिपुरेश्वरमा बसमा आगलागीसँगै घाइते भएका चालकको मृत्यु

bardiyatimes
Screenshot

काठमाडौं । सोमबार त्रिपुरेश्वरमा बस आगलागी हुँदा घाइते भएका चालको मृत्यु भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

स्रोतका अनुसार उनको सोमबार राति नै मृत्यु भएको हो । अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो ।

सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा आगलागी भएको थियो । आगलागी भएको बस नम्बर बा ५ ख ४२७४ हो । चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको भिडियो सार्वजनिक भएको थियो । यो घटनाको छानबिनका लागि समिति गठन भइसकेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with