Ad imageAd image
लोड हुँदैछ...

माथिल्लो त्रिशूली-१ मा आज थप ११ वटा शव फेला

bardiyatimes

काठमाडौं । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट आज (शनिवार) थप ११ वटा शव फेला परेको छ ।

नेपाली सेनाले जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शवहरू फेला परेको जानकारी गराएको छ ।

उक्त शवहरू उद्धार गरेर बाहिर निकालिएको सेनाले जनाएको छ । गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएकाहरूको अहिले पनि खोजी जारी छ । उक्त टनेलमा थप खोजी कार्य जारी रहेको सेनाले जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with