Ad imageAd image
लोड हुँदैछ...

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षा हुने

bardiyatimes
???????? ??????? ?????? ???????? ??????? (???????), ?? ????? ?????????? ???????? ??????? ?????? ??????? ???????? ??????? ?????? ??? ? ???????, ??? ????? ? ?????????? ??????? ?????? ?????? ???????? ????? ? ? ??????? ???????? ?????÷????

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।

जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । सबै प्रदेशको थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बादल लाग्ने छ ।

देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा र मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधरणतया बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशको पहाडी र तराई भू-भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with