काठमाडौं । सशस्त्र प्रहरीले ठूलो सङ्ख्यामा प्रहरी जवान भर्ना गर्ने तयारी गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भर्ना तथा छनोट शाखाले आज सूचना जारी गर्दै प्रहरी जवानसहित विभिन्न पदमा ६ सय ६६ जनाका लागि दरखास्त दिन आह्वान गरेको हो ।
सूचनाअनुसार ६ सय ४ जना सशस्त्र प्रहरी जवान, ३८ जना भान्से, ८ जना कुचिकार, ६ जना सूचीकार, ७ जना केस कर्तक, २ जना चर्मकर्मी र १ जना मालीको लागि दरखास्त आह्वान गरिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।





