Ad imageAd image
लोड हुँदैछ...

भोटेकोशीमा ताल फुट्ने जोखिम, तल्लो तटीय क्षेत्र सतर्क रहन आग्रह

bardiyatimes

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज शुक्रवार पनि सूचना जारी गर्दै भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर ठूलो ताल बनेको र यसको फुट्ने जोखिम रहेकाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । 

महाशाखाका अनुसार २०८३ भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपश्चात् हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल नै छ । तर पनि उच्च सतर्कता अपनाउन आवश्यक रहेको जनाइएको छ । 

चेतावनी दिँदै बाढी महाशाखाले भनेको छ, “चीन सरकारबाट प्राप्त सूचना, भूउपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणअनुसार भदौ १० मा बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको छ। उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिमसमेत देखिएको हुँदा अर्को सूचना जारी नहुँदासम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिन्छ।”

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with