Ad imageAd image
लोड हुँदैछ...

टप एन्ड टी-२० सिरिज : नेपालले एनटी स्ट्राइकसँग खेल्दै

bardiyatimes

काठमाडौं । अस्ट्रेलियामा भइरहेको टप एन्ड टी-२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दै छ । नेपालले आज पहिलो खेल आयोजक नर्दन टेरिटोरीको टोली एनटी स्ट्राइकसँग खेल्दै छ ।

नेपाल र एनटी स्ट्राइकबीचको खेल दिउँसो सवा २ बजेदेखि सुरु हुनेछ । नेपाल यसपटक नेपाल ए टोलीका साथ मैदानमा उत्रँदै छ, कप्तानमा अनिल शाह छन् । एनटी स्ट्राइकको कप्तानमा डार्शी शर्ट छन् ।

एनटीको टोलीमा अस्ट्रेलियाका अनुभवी खेलाडी डार्शी शर्टसँगै बिग ब्यास लिगका स्टार खेलाडी जोर्डन सिल्क, टम मेन्जिस, वेस एगर रहेका छन् । 

गत संस्करणमा खेलेकामध्ये डार्शी शर्ट, क्याडेल म्याकमहोन, हामिस मार्टिन, जोर्डन सिल्क, म्याट ह्यामन्ड र टम मेन्जिज यसपटक पनि टोलीमा रहेका छन् । 

नेपालले गत संस्करण पनि एनटी स्ट्राइकसँग खेलेको थियो जहाँ ४२ रनले पराजित भएको थियो । नेपालले लगातार दोस्रोपटक टप एन्ड खेल्न लागेको हो । गत संस्करण पहिलो सहभागिता जनाएको नेपालले यसपटक पनि खेल्न लागेको हो ।

नेपालले प्रतियोगितामा ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । एनटी स्ट्राइक, बङ्गलादेश हाई–परफर्मेन्स, होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरियाविरुद्धको खेलले नेपाली खेलाडीलाई फरक शैली र स्तरका टोलीविरुद्ध आफूलाई परीक्षण गर्ने अवसर दिनेछ ।

नेपालको टोली: अनिल साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री, रिजन ढकाल

नेपालको खेल तालिका:

अगस्ट २१ (५ भदौ) – एनटी स्ट्राइक विरुद्ध नेपाल
अगस्ट २२ (६ भदौ) – नेपाल विरुद्ध बङ्गलादेश हाई–परफर्मेन्स
अगस्ट २४ (८ भदौ) – नेपाल विरुद्ध हरिकेन्स
अगस्ट २६ (१० भदौ) – नेपाल विरुद्ध एसीटी कमेट्स
अगस्ट २७ (११ भदौ) – नेपाल विरुद्ध किङ्समेन
अगस्ट २९ (१३ भदौ) – नेपाल विरुद्ध भिक्टोरिया

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with