काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात दलले शनिबार काठमाडौंमा कार्यक्रम आयोजना गरी संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका हुन्।
थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित कार्यक्रममा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपालले मोर्चामा सहभागी भएको घोषणा गरे।
नयाँ मोर्चामा तत्कालीन माओवादीका उपमहासचिव जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) समेत सहभागी भएको छ।




