Ad imageAd image
लोड हुँदैछ...

उत्तर कोरियाली नेता किम जोङ उन आकस्मिक रुपमा चीन पुगेपछि

bardiyatimes
Screenshot

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले आकस्मिक रुपमा चीनको सीमावर्ती सहर भ्रमण गरेका छन्।

किम शनिबार आकस्मिक रुपमा चीनको सीमावर्ती सहर डानडोङमा देखिएका हुन्। चीनको सेन्जेनमा अर्को महिना हुन लागेको एपेक समिटको केही हप्ताअघि यो एक दिने भ्रमण भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितलाई चीनका राष्ट्रपति सी चिनफिङले सेन्जेन एपेक समिटमा स्वागत गर्ने तयारी छ। समिटमा ट्रम्प, सी, पुटिनलगायत विश्वका अन्य नेताहरू भेला हुने अपेक्षा छ।

ट्रम्पले किमलाई फेरि भेट्न आफूले चाहेको बताएका छन्।

एक वर्षभन्दा बढी समयपछि किमको चीनतर्फको यो पहिलो भ्रमण हो। यो भ्रमण अर्को महिना दक्षिण चीनको सेन्जेन सहरमा हुन लागेको एपेक समिटको पूर्वसन्ध्यामा भएकोमा अर्थपूर्ण मानिएको छ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चीनका चौथो वरीयताका नेता वाङ हुनिङले शनिबार किमलाई स्वागत गरे र भ्रमणका क्रममा साथ दिए।

किमसँग वाङले दुई देशबीच जनस्तरको आदानप्रदान तथा आर्थिक र व्यापारिक सहकार्य विस्तार गर्न आह्वान गरे। साथै, उनले रणनीतिक सञ्चार र समन्वयलाई सुदृढ पार्न तथा शान्तिपूर्ण र स्थिर बाह्य वातावरण सिर्जना गर्न जोड दिए। जसबाट दुवै देशले आ–आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकासका हितहरूको रक्षा गर्न सक्ने उनको भनाइ थियो।

किमको यो एक दिने चीन भ्रमणबारे पहिले कुनै घोषणा गरिएको थिएन। यो भ्रमण सन् १९५० मा कोरियाली युद्धमा चिनियाँ सेना प्रवेश गरेको वार्षिकोत्सवको पूर्वसन्ध्यामा भएको हो।

युद्धका बेला चिनियाँ सेनाले यालु नदी पार गरेर उत्तर कोरिया प्रवेश गर्दा डानडोङ मुख्य प्रवेशद्वारको रूपमा रहेको थियो।

वाङले किमलाई अमेरिकी आक्रामकता विरुद्ध प्रतिरोध र कोरियालाई सहयोग गर्ने युद्धु सम्बन्धी स्मृति भवनमा स्वागत गरे, जहाँ उत्तर कोरियाली नेताले पुष्पहार अर्पण गरे।

त्यसपछि किमले स्मृति भवनमा राखिएका युद्धकालीन सामग्रीहरूको अवलोकन गरे। यी सामग्रीहरूले दुई मित्र राष्ट्रहरूले कसरी काँधमा काँध मिलाएर लडेका थिए भन्ने कुराको स्मरण गराउँछन्।

दिउँसो, वाङले किमको साथमा डान्दोङस्थित एउटा कार कारखानाको पनि भ्रमण गरे।

सिन्ह्वाका अनुसार, चीनका विदेशमन्त्री वाङ यी शनिबारका यी सबै कार्यक्रमहरूमा किमसँगै उपस्थित थिए। किम यालु नदीको नयाँ पुल हुँदै डान्दोङबाट उत्तर कोरियातर्फ प्रस्थान गर्दा वाङ हुनिङ र वाङ यी दुवै उनीसँगै थिए।

गत हप्ता उक्त पुलको उद्घाटन समारोहमा, चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्योङयाङप्रति बेइजिङको समर्थन दोहोर्‍याउँदै दुवै मुलुकले आपसी सम्पर्क (कनेक्टिभिटी) सुधार गर्नुपर्ने बताएका थिए।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with